दुई दिनमा २२५ सांसदले लगाए कोरोनाविरुद्धको खोप

admin

काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप बुधबार र बिहीबार गरी दुई दिनमा २ सय २५ जना सांसदले लगाएका छन्। बुधबार १६५ जना र बिहीबार ६० जना सांसदको कोरोनाविरुद्धको खोप लगाएका हुन्।

बुधबार अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायत ३ सय १७ र ४ सय ३० जनाले लगाएका छन्। सांसद र कर्मचारी गरि हालसम्म ९ सय ७२ जनाले खोप लगाएका छन्।

बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई खोप दिन शुरु गरिएको छ। सरकारले यही २३ गते आह्वान गरेको संसद् बैठकलाई लक्षित गर्दै सबै सांसद्हरुले खोप लगाएका हुन्।

प्रतिक्रिया