दुई भाइरल झापाली गन्धर्वको यस्तो अचम्मको प्रतिभा, गीत सुनेर रोए राजेश हमाल [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। गन्धर्व समाजका धेरै गाइने अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन्। हुन त सारंगी रेट्दै मनको कथा ब्यथा गीतमा उतार्नु गर्धर्व जातीको विशेषता नै हो। केहि समय अघि मात्रै जनक गन्धर्व बाटोमा गीत गाइरहेको अवस्थामा भेटिएका थिए।

अहिले उनी शिशिर भण्डारीको साथ र सहयोग मार्फत विद्यालय जान सक्ने सम्म भएका छन्। यस्ता थुप्रै घटना छन् जसमार्फत अहिले कोहि न कोहिले चर्चा पाइरहेका छन्।

त्यहिँ भिडमा पर्छन् अमर गन्धर्व र लाल बहादुर गन्धर्व। उनीहरु काठमाडौँ छिरेको निकै लामो समय बितिसक्यो। तर प्रगति भने शुन्य छ। भुकम्पले घरबार बिहिन बनेपछि केहि आशा जगाउदै काठमाडौँ छिरेका उनीहरु कसैले केहि आर्थिक सहयोग गर्छ कि भनेर गीत गाउदै हिड्छन्।

भोजपुर जिल्लाका अमर झापा बस्थे भने लाल बहादुर चाही भोजपुरमा नै बस्थे। हाल उनीहरु नगरकोटमा बस्छन्। कोठा भाडा लिएर बसेका उनीहरु केहि समय अघि क्लब हिमालय नामक होटलमा काम गर्थे। त्यहाँ उनीहरुले लामो समय सम्म आफ्नो कामलाई निरन्तरता दिन सकेनन्।

अहिले उनीहरु कहिले भक्तपुर त कहिले बसन्तपुर् सारंगी बोकेर गीत गाउँदै हिड्छन्। घरपरिवार पाल्ने यो उनीहरुको एक मात्र जागिर हो। अमर भन्छन्।,’पुर्खा देखि नै गन्धर्व जातिले सारंगी रेट्दै पैसा उठाउदै हिडेकोले हामी पनि येही पेसा गरिरहेका छौ। ‘

विरानो ठाउमा गीत गाउदै हिड्नु उनीहरुको रहर होइन। आफ्नो जीवन पाल्नु पर्ने बाध्यताले यो पेसा अंगाल्न बाध्य भएको उनीहरु बताउछन्। उनीहरुले हप्तामा दुइ चार दिन मात्र गाउदै हिड्ने बताए।

राजेश हमाललाई भेट्ने ठुलो रहर छ उनीहरुलाई। भक्तपुरमा राजेश हमालको शुटिंग छ भेट्न पाइन्छ कि भनेर नै उनीहरु दर्बार स्क्वायर आएको उनीहरुले बताए। केहि समय अघि होटलमा काम गर्दा पनि उनीहरुले राजेश हमाललाई भेटेर गीत सुनाएका थिए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू