दुई महिनाका लागि बन्द, हेटौँडा-कुलेखानी हुँदै काठमाडौं निस्कने सडक

admin

काठमाडौं, ९ माघ : हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड (भोलि) शनिबारदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो ।

भीमफेदी-कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी-कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको जानकारी दिए ।

यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उनको आग्रह छ । भीमफेदी-कुलेखानी सडक बन्द भएपछि हेटौँडाबाट काठमाडौं आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया