दुई महिलासहित छ जुवाडे प’क्राउ

राष्ट्रिय समाचार समिति

चिप्लेढुङ्गा, १८ असार : कास्की प्र’हरीले दुई महिलासहित छ जुवाडेलाई प’क्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता प्र’हरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट रु ४७ हजार १०० र तास बरामद भएको छ ।

प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई प’क्राउ गरिएको हो । कास्की प्र’हरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई प’क्राउ गरेको थियो ।

प्रतिक्रिया