माछापोखरीबाट दुई वटा पेस्तोलसहित सात पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २१ भदौ: नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई वटा पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले दुई वटा पेस्तोल लिएर हिँडिरहेका अवस्थामा आज दिउँसो पक्राउ गरेको हो ।



महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सात व्यक्तिलाई दुई वटा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

“गुण्डागर्दीमा संलग्न रहेका उनीहरु पेस्तोल र गोलीसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी पक्राउपर्नेको नाम खुलाइएको छैन ।

प्रतिक्रिया