दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै

admin

काठमाडौं, ३ फागुन: भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए ।

यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप¥यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिएका नगरकोटीले खुसी व्यक्त गर्न भने सकेनन् ।

उनको भनाइ थियो– दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ÷दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ । यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया