दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

तुलसी नेपाल

काठमाडौं, ११ असोज : दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो ।

विश्वस्त स्रोतका अनुसार दुई वर्ष काम गरेका अधिकांश मन्त्रीहरु हट्ननेछन् । नयाँ मन्त्री क कस्लाई बनाउने भन्नेबारे समेत दुई अध्यक्षबीच छलफल भएको छ । त्यसका लागि मापदण्डमा समेत सहमति समेत बनेको छ ।

मन्त्रिमण्डल पुर्नगठनको तयारीलगत्तै बालुवाटार र खुमलटारमा नेकपा नेताहरुको दौडधुप चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा संकटमा पर्दा आफूलाई सहयोग गर्नेहरुलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

मन्त्रिमण्डल १४ असोज अघि या पछि पुर्नगठन हुनेबारे भने निश्चित छैन । १४ असोजसम्म बामदेव गौतम मन्त्री बन्न पाउने छैनन् । त्यसकारण पनि केही दिन रोक्ने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया