दुखाइको औषधी खाँदै प्रत्येक दिन १२ घण्टा काम गर्छन् पोर्नस्टार, हामीले सोचजस्तो हुँदैन दैनिकी

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय हाम्रो देशमा पनि केही पेर्न साइटहरुमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धसँगै यसरी प्रतिबन्ध लगाउन हुने वा नहुने भन्ने विषयमा बहस सुरु भएको छ । नेपालमा पनि ठूलो संख्यामा पोर्न भिडियो हेरिन्छ । तर यी फिल्म हेर्नेहरु यसको पछाडिको वास्तविकताबाट अन्जान हुन्छन् ।

पोर्न फिल्म हेर्ने धेरैलाई थाहा हुँदैन कि यी फिल्म शुटिङ गर्ने क्रममा पोर्न अभिनेता अभिनेत्रीको शरीरको निकै शोषण गरिन्छ । ३५ वर्षकी अस्ट्रेलियन पोर्नस्टार मेडिसन मिसिनाले एक अन्तरवार्तामा यस विषयमा खुलासा गरेकी छिन् । उनले यस्ता फिल्ममा महिलाको शरीरको शोषण गरिने खुलासा गरिन् । उनका अनुसार आम मानिसले सोच्ने भन्दा पोर्न फिल्मको पछाडिको संसार ठिक उल्टो हुन्छ । पोर्नस्टारहरु मेसिनले झैं काम गर्छन् ।

सिड्नी मर्निङ हेराल्डलाई दिएको अन्तरवार्तामा मेडिसनले खुलासा गरेकी छिन् कि दुई जनाबीचको सबैभन्दा निजी सम्बन्धलाई क्यामेराको अगाडि पेश गर्नु सजिलो हुँदैन । उनले भनिन् ‘हामी मेसिनझैं काम गर्छौं र यो अनुभव अकल्पनीय हुन्छ । कैयौं पटक निकै पीडादायी ।’ १८ वर्षदेखि पोर्न उद्योगमा २ सयभन्दा धेरै फिल्ममा काम गरिसकेकी मेडिसनले अगाडि भनिन् ‘क्यामेरालाई सही सट दिने प्रयासमा हामीले आफ्नो शरीरलाई आवश्यकताभन्दा बढी नै प्रयोग गर्छौं जसले हामीलाई निकै पीडा दिन्छ । सही सट दिने प्रयासमा हामीले शरीरलाई अप्राकृतिक हिसाबमा पनि प्रयोग गर्नुपर्छ जसका कारण निकै पीडा हुन्छ ।’

उनले अगाडि भनिन् ‘यस्तो गर्दा हाम्रो अण्डाशय र गर्भाशयमा निकै नराम्रो असर पर्छ । कैयौं पटक कुनै पोर्नस्टारको गर्भाशयमा गाँठो भएमा सुटिङका क्रममा फुट्छ । यसले असहनीय पीडा हुन्छ तर पीडा भए पनि चलिरहेको सिन काट्न सकिन्न किनकि पोर्न फिल्ममा लामो सिन सुट गरिन्छ । भिडियो सुटिङ गर्नुभन्दा पहिले प्रस्तावित स्क्रिप्टको हिसाबमा फोटोग्राफी गरिन्छ । जसबाट सुट गरिने सिन हामीलाई याद हुन्छ । फोटोग्राफीको केही घण्टापछि हामी वास्तविक सुटको लागि तयार हुन्छौं जो बिहानदेखि साँझसम्म चल्छ ।’

मेडिसनले आफ्नो अनुभव सुनाउँदै भनिन् कि एक महिला पोर्नस्टारलाई बिहान ९ बजे उठ्नुपर्छ । घरबाट तयार भएर १० देखि ११ बजेसम्म स्टुडियो पुग्नुपर्छ । त्यहाँ कागजी कारवाहीपछि १ घण्टासम्म कपाल र मेकअपमा समय लाग्छ । १२ बजेपछि एकल फोटोग्राफी हुन्छ र पोर्नस्टारले सबैको अगाडि अंग प्रदर्शन गर्नुपर्छ । त्यस क्रममा स्टुडियोमा टिमका सबै सदस्य गरी २ दर्जनजति मान्छे हुन्छन् ।

फोटोग्राफी हुँदासम्म पुरुष पोर्नस्टार स्टुडियो पुग्छन् । त्यसपछि २ घण्टासम्म फिल्म सुटिङ गरिन्छ । कैयौं पटक सही सिन पाइँदैन र पटक पटक दोहोर्याइन्छ । यस्तोमा सुटिङ सकिँदा रात पर्छ । सुटिङ सकिएपछि फेरि फोटोग्राफी गरेर त्यस दिनको काम सकिन्छ । यसमा १२ घण्टासम्म पनि काम हुन्छ । मेडिसनका अनुसार हरेक पोर्न फिल्ममा पोर्नस्टार विभिन्न किसिमका औषधी खान्छन् । महिला पोर्नस्टारहरु दुखाइ कम गर्ने औषधी खान्छन् भने पुरुष पोर्नस्टारहरु भियग्राजस्तै यौन शक्तिवद्र्धक औषधी खान्छन् । केही पोर्नस्टार आत्मविश्वासका लागि नशामा हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू