दुधको मूल्य भदौदेखि बढ्दै

admin

काठमाडौं, साउन २७: दुधको मूल्य भदौ १ देखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दुधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको समाचार कारोबार दैनिकमा छ।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दुधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ।

प्रतिक्रिया