दुधमा डुबेका रायनलाई सहयोग बोकेर पुगिन पत्रकार, फेरियो रायनको जीवन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ताप्लेजुङ्गमा घर भएका दुई वर्षीय रायन लिम्बुको शरीरभरि तातो दुधले पोलेर हाल सुष्मा कोईराला मेमोरियल अस्पतालमा उपचार भईरहेको छ।

उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत् औला जलेको थियो। तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण रन्जना लिम्बुलाई आफ्नो दुधे बालकको उपचारका लागि हम्मे हम्मे परेको छ।

उक्त खबर प्राप्त भएपछी हामी उनको लागि धेरै थोरै भएपनि आर्थिक सहयोग मिलोस भन्ने हेतुले उनको भिडियो पिएनपि मिडियाको अफिसियल युट्युबबाट प्रकाशन गरेका थियौ। उक्त भिडियो हेरेपछि हामीलाई धेरै सहयोगी मनहरुले फोन गरेर सहयोगको प्रतिबद्ता समेत ब्यक्त गर्नुभएको थियो। सोहि बिषयमा बुझ्न र रायनको स्वास्थ्य अवस्था बारे पनि बुझ्न साथै आफुले सक्दो आर्थिक सहयोग बोकेर शर्मिला गुरुङ फेरी सुष्मा कोइराला मेमोरियल होस्पिटल पुगिन्।

विहानी ६ बजे तिर दुध तताएर आमा बाहिर जाँदा बामे सर्ने रायन भान्छामा राखिएको पिर्कामा अल्झिएर दुधको कुडेमा परि एक्कासी चिच्चाए। त्यही सुनेर सबै भान्छामा पुग्दा कुडेमा परिरहेका रहेछन रायन। उनको हात देखि खुट्टा समेत जलेको थियो। उनकी भन्छिन, ‘म हतारिएर बाबुलाई समाए र मेरो पनि ४ वटा औला पोल्यो। हाम्रो घरतिर बस त्यति पाउदैन अस्पतालसम्म पुग्नको लागि तत्काल गाडी भेटेनौ।’ पहिला रन्जनाका परिवारले स्वास्थ्य चौकी लगे र त्यहाँ नभएर विर्तामोडको अस्पताल लगियो। त्यहाँ केहि दिन उपचार पछि घाउ निको पार्न डाक्टरले काठमाडौँको सुश्मा कोइराला मेमोरियल अस्पतालमा लान सुझाव दिए।

अहिले उनी छोराको उपचार सुश्मा कोइराला मेमोरियल अस्पतालमा गराईरहेकी छिन्। अस्पताल ल्याइएको भोलि पल्टै अप्रेशन गरिएको थियो र फेरी अहिले अर्को अप्रेशनको तयारी गर्नुपर्ने डाक्टरले बताएका छन्। रयानको एउटा खुट्टा बाङ्गो भईसकेको डाक्टरले बताएका छन्। अहिले थेरापी, औषधी र उपचार खर्च गरेर दैनिक १० हजार जति खर्च लाग्ने गर्छ। खेतीपातीबाट घर धानिरहेकी रन्जनाले यति ठुलो रकम कसरी जुटाउने भनेर केहि दिन अघि उनी अन्योलमा थिइन्। हामीले उनको भिडियो सम्प्रेशन गरेपछि रायन लिम्बुको उपचारको लागि आर्थिक सहयोग मिलेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू