गायक दुर्गेश थापाले आफ्नो गीत युट्युबबाट हटाए

मनिषा थापा

काठमाडौँ : गायक दुर्गेश थापाले तिहार सम्बन्धी ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । हिन्दुहरुको माहानचाड तिहारको गीतलाई अराजकता फैलाई सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेपछि उक्त गीत हटाएका हुन्।

प्रहरीले गायक दुर्गेश थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीकै नियन्त्रणमा रहेका गायक थापाले युट्युबबाट गीत हटाएका हुन् । उक्त गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।

प्रतिक्रिया