दुर्घटनामा घाइते भएका मैनालीलाई एक हप्ता अस्पतालमै राखिने

admin

काठमाडौं, १६ फागुन : दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

बिहीबार झापाबाट काठमाडौं फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् ।

मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

उनकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि उनले बताए । दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उनको भनाइ छ । मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टर पाण्डले बताएका छन् ।

दुर्घटनामा गम्भीर घइते, महासचिव सीपी मैनाली

 

प्रतिक्रिया