दुवै खुट्टा नभएकी गंगा भन्छिन, मज्जाले पौडी खेल्न सक्छु [भिडियो सहित]

मनिषा थापा

पिएनपिखबर : गुल्मीको छापाहिलेमा जन्मिएकी गंगा रायमाझी लामो समय देखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी छिन्। उनी पनि शारीरिक रुपले अशक्त छिन्। आफ्ना दुबै खुट्टा गुमाएकी रायमाझीका सामाजिक कार्यले सबैलाई प्रेरणा मिल्ने गर्छ।

उनी गाउँ-गाउँमा पुगेर उद्दार तथा अशक्त व्यक्तिहरुलाई सहयोग गर्ने गरेकी छिन् । उनले धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन प्रदान गर्न सफल समेत् भएकी छिन्। गङ्गा आशा अपाङ्ग केन्द्रको संस्थापक रहेर काम गरीरहेकी छिन्।

कामको सिलसिलामा गुल्मीबाट बेलायतमा बसोबास गरिरहेका गुल्मेलीहरुले आफ्नो जन्मभूमिलाई सम्झिएर सहयोगको हातहरु निकै बढेको छ। ती मध्य एक हुन् फणिन्द्र भट्टराई। पुर्ख्यौली घर गुल्मी भएका फणिन्द्र भट्टराई पनि यति खेर सहयोग गर्न नेपाल आएका छन्। बेलायतमा बस्ने भट्टराई पनि विभिन्न संघसंस्थामा आबद्ध छन्। उनी एनआरएन यूकेका सदस्य, समाजसेवी देखि साहित्यम़मा पनि कलम चलाएका छन्। उनी गङ्गा संस्थापक रहेको आशा अपाङ्ग केन्द्रको कार्यबाट प्रभावित भएका कारण उनी सहयोग गर्न योजना बोकेर एक हप्ताका लागि स्वदेश आएका हुन्।

गुल्मीमा रहेको आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ। आशा अपाङ्ग केन्द्रकी सदस्य रहेकी गंगा देश तथा विदेशमा सम्मान र चयारिटि कार्यक्रममा सहभागी हुने मौका पाएकी छिन्।

गंगाले थाईल्याण्ड जाँदाको अनुभब सुनाउदै भनिन्, ‘त्यहाँ मैले अपाङ्गता भनेर महसुस गराउने खालको वातावरण पाइन। त्यहाँको भौतिक संरचना पनि निकै व्यवस्थित छ।’ उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा अझै परिवर्तन आउन नसकेको बताइन् । नयाँ बन्ने संरचनाहरुमा पनि अझैपनि अपाङ्ग मौत्री बातावरण बन्न नसकेको प्रति दुख ब्यक्त गरिन् ।

गंगा जन्मजात नै अपाङ्ग हैनन्। गंगाको अनुसार, उनको आमाले ३ महिनाको हुँदा अगेनाको चुलो अघि सुताएको कारण जलेर दुईवटा नै खुट्टा गुम्यो। उनी अहिले कुक्रिम खुट्टाको साहरा हिड्ने गर्छिन। उनी खुट्टा गुमाए पनि आफै गाडी चलाउने देखि पौडी पनि राम्ररी खेल्न सक्छिन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू