दृष्टिविहिनले केहि गर्न सक्दैनन् भन्नेहरुलाई एउटा ज्वलन्त उदाहरण, जसले दृष्टिविहिनहरुका लागि सिर्जना गर्दैछन रोजगारीको अवसर (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दृष्टिविहिन व्यक्तिले केहि गर्न सक्दैनन् भन्ने सोचलाई बदल्न सफल भएका छन् चिरञ्जीवी पौडेल। उनी जन्मजात नै एक दृष्टिविहिन हुन्। कपिलबस्तुमा जन्मिएका उनी २०१० देखि काठमाडौँ बस्दै आएका छन्। दृष्टिविहिन भएता पनि उनी आज ठुला व्यवसायीका रुपमा चिनिन्छन। उनको मसाज क्लिनिक छ। सीइंग ह्याड्स मसाज क्लिनिकका उनी सी.ई.ओं हुन्।

‘सीइंग ह्याड्स मसाज क्लिनिक’ व्रिटिश कपल सुजन यान्ली र रब यान्लीले पोखरामा २००५ मा स्थापना गरेका हुन्। ती व्रिटिश नागरिक नेपालमा घुम्न आउने जाने गर्थे। नेपालमा ट्रेकरुट धेरै हुने भएकोले मसाज व्यवसाय निकै फस्टाउने उनीहरुको मान्यता थियो। रब युकेका मसाज थेरापिस्ट हुन्। उनीहरु कमोबोडिया गएको बेलामा दृष्टिविहिनसङ्ग मासाज लिए र उनीहरुले जस्तो मसाज सबल व्यक्तिले समेत् गर्न नसक्ने पत्ता लगाए । दृष्टीविहिनहरुको स्पर्श सबल व्यक्तिको हुन सक्ने उनीहरुको धारणा रहयो । पछि उनीहरुको सहायतामा पौडेलले तालिम लिएर आज मसाज क्लिनिक खोल्न सफल भएका हुन्।

अहिले यस किल्निकको शाखामात्रै राजधानीमा ३ ओटा छ। जहाँ २० जना कार्यरत छन्। ती मध्य प्राय दृष्टिविहिन छन्। उनले शिक्षित दृष्टिविहिनलाई तालिम दिई रोजगारीको अवसर प्रदान गर्दै आईरहेका छन्। युकेमा पढाई हुने कोर्स नेपालमा तालिमको क्रममा पढाउने गर्छन उनी। करिब नौ लाखबाट शुरु गरिएको यस व्यवसायबाट पौडेलले मासिक ३ लाख बचत गरेको उल्लेख गरेका छन्। शरीरको प्रणालीहरुमा भएको दुखाईलाई मसाजबाट ठिक पार्ने काम यस क्लिनिकमा हुने उनले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू