गायक जोशी विवादमा, परस्त्रीसँग शारीरिक सम्बन्ध राखेकाे अडियाे सामाजिक सञ्जालमा भाइरल

admin

काठमाडौँ : देउडा गायक भानुभक्त जोशी यति बेला विवादमा मुछिएका छन । सामाजिक सञ्जालमा भाइरल फोन कल रेकर्डले यति बेला लोक तथा देउडा गायक भानुभक्त जोशी विवादमा तानिएका हुन ।

डोटेली हास्य टेलिश्रृङखला लगायत थुप्रै देउडा गीतहरुको शब्द तथा लय दिइसकेका गायक जोशी चर्चित तथा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित हुदैँ आएका थिए । फोन रेकर्ड तथा फेसबुकमा पोष्ट गरेको अडियोका अनुसार गायक जोशीले परस्त्रीसँग घुमेको तथा अन्य शारीरिक सम्बन्ध राखेको प्रष्ट हुन्छ ।

सपना (नाम परिवर्तन) नाम गरेकी केटीसँग शारीरिक सम्बन्ध राखेको स्वयम भानुभक्त जोशीले स्वीकार गरेका छन । केटीको सम्बन्धित व्यक्ति (आफ्नै श्रीमान हुन सक्ने सम्भावना) सँग समाजमा अपाच्य हुने शब्द तथा नकारात्मक शब्द प्रयोग गरि गालि गरेको फोन रेकर्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गायक जोशी र सम्बन्धित व्यक्तिविच गाली गलौचको शब्द प्रयोग गरेको करिब ६ मिनेटको फोन रेकर्ड यतिबेला भाइरल भएको छ ।

अश्लिल तस्बिरमा उक्त फोन रेकर्ड मिक्सिङ गरि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो फेसबुकमा पोष्ट गर्दै गायक भानुभक्त जोशीको चर्काे आलोचना गरेका छन । उक्त पोष्टमा सयौँ व्यक्तिहरुले जथाभावी शब्द प्रयोग गर्दै गाली समेत गरेका छन ।

मदिरा पिएर लठ्ठ भएको फोन कल सुन्दा प्रष्ट हुन्छ । फोन रेकर्डमा बढी जसो आमा, स्वास्नी, बहिनी लगायत घर परिवारको सदस्यलाई संकेत गर्दै गालि गरेको छ । अडियो कल उपलब्ध गराउन नसकिने गरी अपाच्य शब्द प्रयोग गरेको छ ।

प्रतिक्रिया