देउवा सरकारले दमनको बाटो लियो : ओली

admin

काठमाडौं, १७ साउन : प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ ।

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताउनु भएको हो ।

तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सरकारलाई दमन नगर्न खवरदारी समेत गर्नुभयो । अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेर देखाएको बताउनु भयो ।

उहाँले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गर्नु भयो । उहाँले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो । यसैबीच, एमालेले साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ ।

आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । नविकरण र अद्यावधिकका लागि साउन २३ गतेको समयसीमा दिइएको महासविच महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया