देवता नै असुरक्षित !

admin

कर्णाली, पुस २८ : मंसिर ११ मा कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट २१ वटा मूर्ति चोरी भए। १७ वटा देपालगाउँको जंगलमा अलपत्र भेटिए, पाँचवटा अझै फेला परेका छैनन्। डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरबाट २०५७ कात्तिक २१ मा चार शिलासहित १८ वटा मूर्ति हराए।

प्रहरी अनुसन्धान क्रममा १७ वटा फेला परे भने शिलायोगमायाको मूर्ति अझै फेला परेको छैन। कर्णालीमा देवीदवताका मूर्ति हराउने क्रम बढ्दै गएको छ । गिरोह नै सक्रिय भएर विभिन्न शक्तिपीठबाट मूर्ति चोर्ने क्रम बढेपछि कर्णालीका देवता असुरइिात हुन थालेका हुन्। मूर्ति चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीलाई हैरानी परिरहेको छ। हराएका थुप्र मूर्तिहरु भेटिएका छैनन्।

मूर्ति नभेटिएपति मठमन्दिरको अस्तित्व नै हराउने हो कि भन्ने चिन्ता पुजारीहरुको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दशकयता विभिन्न जिल्लाबाट ५१ थान ऐतिहासिक र पुरातात्तिवक मूर्ति हराइसकेका छन्। अनुसन्धानका क्रममा २५ वटा फेला परेका छन् भने २६ वटा भेटिएका छैनन्। जुम्लाबाट मात्रै २१ वटा प्राचीन मूर्ति हराएका छन्। मुगुबाट दुईवटा चोरिएका छन्।

२०४६ सालमा सोरु गाउँपालिकाको भिईबाट महेश्वरको प्राचीन बहुमूल्य मूर्ति चोरी भएको थियो भने २०५६ मा गुराको मूर्ति चोरी भएको मुगु प्रहरीले जनाएको छ। जुम्लामा चन्दननाथ र सिंजा क्षेत्रको कनकासुन्दरी मन्दिरका मूर्ति पुरातात्तिवक महत्वका हुन्। असुरक्षाका कारण कनकासुन्दरी मन्दिरका प्राचीन मूर्तिहरु पनि हराइरहेका छन्।

महँगो मूल्यमा बिक्री हुने भएकाले मूर्तिचोरहरुले कर्णालीका मन्दिरमा आँखा गाडेको गुठ संस्थानका पूर्वअध्यक्ष गौरीचन्द आचार्य बताउँछन्, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया