देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित वर्षा

admin

काठमाडौं, १७ चैत : देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायुको प्रभावले सोमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि मंगलबार बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुने उनको अनुमान छ । तर ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको उनको भनाइ छ ।

प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने मौसमविद्को अनुमान छ । ।

सोमबार दिउँसो भने पहाडी तथा पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया