देशका धेरैजसो ठाउँमा मौसम बद्ली

admin

काठमाडौं, ९ माघ : देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । शुक्रबार पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ ।

पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनकाअनुसार शुक्रबार पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया