देशका धेरै ठाउँमा मौसम सफा, अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने

admin

काठमाडौं, ९ फागुन : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आइतबार सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एकरदुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उनले जानकारी दिइन् ।

देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया