देशको चौतर्फी सङ्कटको प्रमुख कारण राजनीति दल नै हो : डा. बाबुराम भट्टराई

admin

काठमाडौं, ६ असार : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाले पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरूलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत हुनले देशको चौतर्फी सङ्कटको प्रमुख कारण राजनीक दल र नेतृत्व भएको भन्दै रूपान्तरणको खाँचो औल्याएका हुन् । उनले लेखका छन् “भनिन्छ, टाउकोको ओखती नाइटोमा लगाएर हुन्न ! अहिले देशको चौतर्फी सङ्कटको प्रमुख कारण राजनीति दल नेतृत्वको स्खलन नै हो।”

उनी भन्छन् “‘कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयॉ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !”

भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाॅ बनाउने आॅट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!

प्रतिक्रिया