देशको शान्ति सुरक्षा आधारभूत रुपमा नियन्त्रण हुँदै आएको छ: गृहमन्त्री बादल

admin
  • खगेन्द्र हमाल

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा बादलले देशको शान्ति सुरक्षाको अवस्था आधारभूत रुपमा नियन्त्रण हुँदै आएको बताएका छन। प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन सुर्खेत आइपुगेका गृहमन्त्री बादलले पत्रकारसँग कुराकानी गर्दै भने देशमा विप्लव समूहका सबै गतिविधि नियन्त्रण नभएको बताए।गोष्ठीलाई सम्बोधन गर्दै उनले भने सबैखाले नकारात्मक गतिविधिहरु आधारभूत रुपमा नियन्त्रणमा लिइरहेका छौं।

विप्लव समूहका कार्यकर्ता मूल धारको राजनीतिमा आईरहेका र कतिपय संविधान नमान्ने तत्वलाई सरकारले नियन्त्रणमा लिइरहेको जानकारी गराए।उनले भने विगतको भन्दा अहिले शान्ति सुरक्षामा व्यापक मात्रामा सुधार भएको छ र अझै यसलाई मजबुत बनाउन थप कडाईका साथ अधि बढ्न आग्रह गरे।

देशमा शान्ति सुरक्षा नै समृद्धिको पहिलो आधार भएकाले राज्य व्यवस्था तथा प्रणालीको विरोध गर्ने समूहलाई कडाइका साथ नियन्त्रणमा लिइने बताए। देशमा यस्ता समूहलाई छिट्टै नियन्त्रणमा लिन सरकार सक्षम भएको बताए ।

कर्णाली प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेतको सहभागिता रहेको उक्त कार्यक्रममा एमसीसिलाई सदनबाट नेपालको हितमा हुने गरी पारीत गरिने बताए ।

एमसिसि सम्झौतामा नै अमेरिकाको सिनेट र नेपालको प्रतिनिधि सभाबाट अनुमोदन गर्ने व्यवस्था राखिएको छ गृहमन्त्री बादलले भने। नेपालको हित विपरितका बुँदाहरु सुधार गर्दै सदनबाटै उक्त सम्झौता पारित हुन्छ र देशको हित विपरीत कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गर्दै उनले भने भारत र नेपालबीच नाकाबन्दीको बेलामा भएको तितो सम्वन्ध अहिले आएर सुदृढ र समुधुर भएको बताए।

लिपुलेकका बारेमा भारतले जारी गरेको नयाँ नक्साका कारण दुइ देशबिच केहि मतभेद बढेतापनि कुटनैतिक तवरबाट समस्याको समाधान गर्न सरकारले पहल गरिएको बताए ।

उक्त गोष्ठिमा सुरक्षा निकायको कामको बारेमा समीक्षा गरिएको थियो। गत वर्ष देखि अहिलेसम्मको स्थानीय सरकार, प्रदेश सरकारबीच भइरहेको समन्वय, शान्ति सुरक्षाको अवस्था आदिका विषयमा गम्भीर समीक्षा भएको थियो।

यस बाहेक आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा गम्भीरतापूर्वक छलफल भएको थियो ।कार्यक्रममा प्रदेशमा सुशासनको अवस्था, विकास निर्माणको अवस्था बारेमा गम्भीर विषयमा व्यापक छलफल गरिएको थियो ।

प्रतिक्रिया