देशभर चिसो बढ्यो : तराईमा हुस्सु, हिमालमा हिमपात

admin

काठमाडौं, मंसिर ९ : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने जनाएको छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । यसैको प्रभावका कारण उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्नेछ ।

प्रतिक्रिया