देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना

admin

काठमाडौं, १ असाेज : भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली भई काठमाडौं उपत्यकासहित गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थान हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर मौमस बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया