‘देश बचाउँ’ भन्दै माइतीघर मण्डलामा उपस्थितिको लागि आम नागरिकलाई अपिल

admin

काठमाडौं, २७ जेठ : स्वतन्त्र नागरिक समाजले माइतीघर मण्डला जाऔं, देश बचाउँ भन्दै आम नागरिकलाई अपिल गरेको छ । कोरोना भाइरस (कोभिड १९) को नाममा नेपालीलाई घरबन्दी बनाएर दिनभर काम गरी बेलुका छाक टार्ने वर्गलाई कथित रोगको त्रास देखाउँदै फिरङी सरकारले विपतको बेलामा राहतको प्याकेज नदिइ कथित २०७२ संविधान टिकाउने नाममा नेपाल देशको अस्मिता माथी गरेको खेलवाडका विरुद्ध एक ढिक्का भएर लाग्न अपिल गरेको हो । नेपाल र नेपालीको पहिचान शाह वंशिय राज संस्था सहिदको प्रजातन्त्र पुनःस्थापन गरौं भन्दै एक विज्ञप्तिमार्फत् राष्ट्र बचाउने आन्दोलनमा सहभागी हुन सम्पूर्ण देश भक्त नागरिक समाजका सबै वर्गका नागरिकलाई राष्ट्रिय झण्डा लिएर उपस्थित हुनका लागि अनुरोध गरेको छ ।

स्वतन्त्र नागरिक समाजको अपिल :
‘०६२/६३ को तथाकथित १२ बुँदे दिल्ली सम्झौताको जगमा सुरुवात गराइएको जनआन्दोलन भाग दुई व्यवस्था परिवर्तन र संविधानसभाबाट संविधान भन्ने नारा नभई । तत्कालीन राजाको निरुङ्कुशताविरुद्ध र संघर्षरत तत्कालीन माओवादीलाई शान्ति मुलधारको राजनीतिमा फर्किउँन भन्ने उद्देश्यका साथ हामी नेपाली जनता, नागरिक र अन्ने तहतप्कका विभिन्न व्यक्तित्वरुले उक्त आन्दोलनलाई समर्थन गरेको वास्तविक यथार्थ सर्वबितितै जग जाहेरनै छ । तर जसरी १९ दिनको शान्तिपूर्ण आन्दोलन पश्चात जनताको नाशो जनतालाई जिम्मा लगाउँदै विघठित प्रतिनिधि सभा राजाद्वारा पुनर्स्थापित संसदसंगै ८२ जना मानोनित प्रतिनिधि सभा सदस्यमा माओवादी प्रवेश गराएसंगै उक्त सभाद्वारा अन्तरिम सरकार र अन्तरिम सरकार द्वारा असंवैधानिक बाटोबाट कहीं कतै सम्झौता नभएको सहमति विपरीत अन्तरिम संविधान हुँदै संविधानसभाको चुनाव घोषणा गरिए लगत्तै । हामी निरन्तर संघर्षमा थियौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चात असंवैधानिक बाटोबाट भित्र्याइएको संविधान पुर्नरुपमा खारेज हुनुपर्छ र यो संविधानले मुलुकलाई चिन्दैन र मुलक रहँदैन भन्ने पूर्ण ठम्याईका साथ विभिन्न चरणका देशव्यापी कार्यक्रमहरु गर्दै सडक संघर्षका साथ हाम्रो उद्देश्य पुरा नहुँन् जेल देश बचाउँन आवश्यक ठान्दै अहिलेको व्यवस्था र सरकारलाई निरन्तर शान्तिपूर्ण आन्दोलनद्वारा घच्घच्याई रहेका छौं ।

गत वर्ष चैत्र ११ गते देखि पहिलो चरणको पूर्ण लकडाउनको विश्व महामारी कोरोना कहरमा जसरी पूर्वतयारी बिना नै घोषण गरियो, यो आफैमा सरकारको अकर्मण्यता र अदुरदर्सिता थियो । कारण लाखौं लाख हामी जनताले व्यर्थमा दुख भोग्नु पर्‍यो । राहतको नाममा १०औं अर्ब खर्च गरिएको भनिएता पनि नत यसबाट आम जनतालाई सहुलियत भयो नत केही राहत । खाली आँखामा छारो हाल्ने र देखावटी काम मात्र भयो । करिब ५ महिना जस्तो लकडनउन खेपेका हामी जनता र अन्य विभिन्न साना, ठुला व्यवसायीहरुलाई न कुनै सरकारले आर्थिक सम्बोधन गर्‍यो न त कुनै त्यस्तो राहत । जसको कारण आजको दिनमा लाखौं व्यवसाहीहरु प्रत्यक्ष मारमा छन् । नत शिक्षामा कुनै नयाँ मोडलनै दिन सक्यो । महामारी जस्तो गम्भीर कुरापनि जनता को स्वास्थ्य उपचारको बारेमा पूर्व तयारी गर्न सक्यो । यदि विगतबाट पाठ सिकेर अहिले दोस्रो चरणको कोभिडको सम्भावना पूर्व स्वास्थ्य उपचारको बिषयमा पूर्ण तयारी अवस्थामा रहेर सरकार बस्थ्यो भने आज हजारौंले अकालमा जिवन गुमाउँनु पर्दैनथ्यो ।

खैर त्यसो गर्न त यो सरकारले सकेन ठिक छ जनताले सहेकै थिए माहामारी हो विश्वनै अहिले लकडाउन छ । नेपाल जस्तो देशमा त झँन हामी आफैले पनि केही गर्नुपर्छ र सचेत हुनुपर्छ भन्ने नै थियो र छौं पनि । तर जसरी अहिलेको दोस्रो चरणको माहामारीमा पहिलाकै लकडाउनको कारणले आर्थिक पीडामा जिवन बिताउँन बाध्य हामी जनतालाई जसरी कुनै योजना र सचेतना र राहत बिना गत महिनाको १६ गतेदखि पूर्ण लकडाउन गरियो । लगभग १ महिना पुग्नै लाग्दा पनि सरकार सरकारका जिम्मेवार निकाए, राजनैतिक दल र प्रमुख नेताहरु जनताको जिवन संगै स्वास्थ्य र जिउँनको लागि यो लकडाउनमा न कुनै आर्थिक सम्बोधन नत कुनै राहत । सत्ता होडबाजि र राजनीति दाउपेचमा अहिलेको यस्तो संक्रिर्न घडिमा पनि जिम्मेवार नेता र सरकार भुल्नुले संसार विश्व जगतलाई हँसाईरहेका छन् ।

तसर्थ अहिलेको यस माहामारिको यस संक्रिन घडिमा जनताको स्वास्थ्यसंग खेलबाड नगर्न र जनताको जिउ, धन र आर्थिक अवस्था र राहतलाई कुनै न कुनै प्रकारले यथा सिघ्र सम्बोधन गर्नको लागि यस स्वतन्त्र नागरिक समाज सरकार र जिम्मेवार राजनैतिक दलहरुलाई यही २५ गते सम्मको अल्टिमेटम चेतावनी सहित हार्दिक अपिल गर्दछ । नागरिक र जनताको आवाजलाई व्यवास्था गरिए । असार २ गतेबाट चरणबद्ध ससक्त आन्दोलन जनता र नागरिकको जगमा यो सरकार र जिम्मेवार राजनैतिक दल विरुद्धमा सडक संघर्षमा जान बाध्य हुनेछौं ।’

नोट :- राहत र सबै व्यवसायीहरुलाई आर्थिक जटिलता हलको निमित्त लकडाउन विशेष सरकारद्वारा छिटो भन्दा छिटो २५ गते भित्र सम्बोधन गरियोस् । नत्र सशक्त चरणबद्ध आन्दोलन २६ गतेको अर्को सुचना मार्फत जारि गर्नेछौं । धन्यवाद ।

स्वतन्त्र नागरिक समाज
संयोजक : हेम बिक्रम सिलवाल
पिपलबोट डटकम पाटनढोका ललितपुर ।

प्रतिक्रिया