देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव लागिरहेको छुः प्रचण्ड

admin

चितवन, ८ असार :  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानलाई दु र्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताउनुभएको छ ।

नेकपा माओवदी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्व उपसभामुख पूर्ण कुमारी सुवेदीका पिता स्वर्गीय पण्डीत हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धान्जली सभामा सम्वोधन गर्दै उहाँले आज सो कुरा बताउनुभएको हो ।

देशमा सोच्दै नसोचेको किसीमले राजनीतिक घटनाक्रम भएको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झण्डै धरासायी हुने होकी भन्ने खतरा सँगै देशै के हुने हो भन्ने जस्तो स्थिती आएको उहाँको भनाई थियो ।

यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने दाहालको भनाई छ ।

उहाँले भन्नुभयो,“तपाइहरु सवै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जाँनै दिँइदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”

देशमा स्थिरता आवश्यक ठानेर आफू कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न वाम गठवन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि पाँच वर्ष नपुग्दै झण्डै दुई तिहाई नजिकको कम्युनिष्ट छिन्नभिन्न हुनुले दुखिद बनाएको प्रचण्डको भनाई थियो । आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडीरहेको बताउनुभयो ।

प्रतिक्रिया