दैनिक ज्यालादारी मजदुरी गरेर जिवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ: उप-मेयर ढकाल

खगेन्द्र हमाल

सुर्खेत: बिरेन्द्रनगर नगरपालिकाकि उप-मेयर मोहनमाय ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जिवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताउनुभयो।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको बताउनुभयो।

वीरेन्द्रनगर नगरपालिकाको १४ गते बसेको बैठकले लकडाउनको समय अवधिभर ज्यालादारी काम गरेर दैनिकी चलाउन बाध्य नागरिकहरुलाई राहत दिने निर्णय गरेकोले नगरपालिकाले यसलाई कार्यनयन गरेको बताउनुभयो।बिरेन्द्रनगर नगरपालिकाले सबै वडाहरुमा राहत स्वरुप ४ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामल, एक केजी नुन र एक प्याकेट तेल र ४ जना भन्दा वढि सदस्य रहेको परिवारको हकमा ३० केजी चामल, एक केजी नुन र एक प्याकेट तेल वितरण गर्न लागेको नगरपालिकाकि उपमेयर ढकालले जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको लकडाउन समय अवधिभरी कुनै पनि नागरिकले खाना नपाएर भोकै बस्नुपर्ने अवस्था नहोस भनेर नगरपालिकाले राहत वितरण गरेको बताउदै लकडाउनको समयमा अनावश्यक घर बाहिर हिडडुल नगरी घरमै बसेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो।कोरोना भाईरस नियन्त्रणमा लागी परेका विश्वका स्रोत साधन सम्पन्न शक्तिशाली राष्ट्रहरु पनि यो महामारीबाट बिचलित भएको भयावह अवस्थामा हाम्रो जस्तो गरिब मुलुकमा जहा स्रोत र साधनको निकै अभाव छ। यस्तो बेलामा यसको रोकथाम नियन्त्रण भनेकै सावधानी अपनाउनु बाहेक अन्य विकल्प नरहेको बताउनुभयो ।

प्रतिक्रिया