दैवले ठगेको परिवार : बाबुले आत्महत्या गरे, आमालाई प्यारालाइसिस, छोरीलाई अनौठो रोग

मनिषा थापा

पिएनपिखबर : ‘दुखिलाई सधै दुखै दुख’ भन्ने भनाई एउटा परिवारलाई ठ्याक्कै मेल खाएको छ। यस्तो परिवार जसलाई दैवले ठगेको भन्दा केहि फरक नपर्ला। धादिङ नीलकण्ठ नगरपालिका–१२ मा घर भएकी सोममाया थापा मगरको परिवार सहयोगको पर्खाईमा छ। 

 उमेरले भर्खर ७ वर्ष पुगेकी सोममाया थापा मगरलाई एउटा अनौठो रोग लागेको छ। जन्मजात नै जिउ भरी रौँ र फोकैफोका भएको कारण समाजबाट अपहेलित हुन् पुगेकी छिन् उनी । रोग के हो भनेर देखाउन परिवारको हिम्मत छैन। किनभने उनको परिवारको अबस्था निकै दयनीय छ।

उनका बुबा यमबहादुर थापामगर ज्याला मजदुरी गर्थे। उनकी आमा लक्ष्मी थापा मगरलाई पक्षघात भएको कारण प्यारालाइसिस भएर ओछ्यान मै थलिएकी छिन्। आफ्नो कमजोर आर्थिक श्रोत र श्रीमती र छोरीको अबस्थाको कारण उनलाई डिप्रेशन नै भयो। डिप्रेशनको औषधि खाई रहेका उनले अन्तत आत्महत्या नै गरे। उनी, उनको दिदि र एउटा भाई टुहुरा भए। बाबुको छत्रछाया नपाएकी उनको आमा पनि ओछ्यानमा छिन्। शारीरिक समस्याका कारण स्कुलमा साथीभाईले हेला गर्ने सोममाया बताउँछिन्। उनको सानो भाई १० वर्षीय काजी थापा मगरको किरियाकाजको अर्थ पनि नबुझ्ने बेलामा आफ्नो बाबुको किरिया बसिरहेका छन्। उनको दिदि करिना थापा मगर १२ वर्षकी भईन। अहिले सबै घरको जिम्मेवारी उनीमाथि आइपरेको छ।

यमबहादुरका दाजुले अहिले घरको रेखदेख गरिरहेका छन्। उनले भने, ‘भाईले आत्महत्या गरेको ११ दिन भयो। विदेश गएर कमाएर ल्याएको पैसा, जग्गा जमिन बेचेर घर खर्च टारिरहेका थिए, ५ लाख जति ऋण पनि छ सायद हार खाएर आत्महत्या गरेको हुनुपर्छ। धेरैथोरै सहयोग जुटिरेहेको छ।’ उनले मनकारी सहयोगी मनहरुलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन्। भिडियोमा हेर्नुहोस हिर्दयविदारक एक परिवारको कथा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू