दोस्रो नमोबुद्ध महोत्सब आज बाट सुरु

admin

काभ्रे: काभ्रेको भकुण्डेमा महोत्सव सुरु भएको छ । स्थानीयस्तरमा उत्पादन भएका बस्तुहरुको प्रर्दशन र ब्यापार ब्यबसाय प्रबद्र्धन गर्ने उदेश्यले भकुण्डेमा दोस्रो पटक आयोजना गरिएको नमोबुद्ध महोत्सब आजबाट सुरु भएको हो ।

नमोबुद्ध उद्योग बाणीज्य संघको अयोजनामा भएको महोत्सब अगामी माघ १९ गतेसम्म चल्ने उद्योग बाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा ३० वटा स्टलहरु रहेका छन् ।

संघीय सांसद गंगा बाहादुर दोङ बामध्वजले महोत्सवको शुभारम्भ गर्नुभएको हो । महोत्सवको पहिलोदिन परम्परागत लाखे नाच, खैजडी भजन, झाँक्री नाच, धिमे नाच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया