‘द कपिल शर्मा शो’ मा यसकारण आउँदैछन् सुनिल ग्रोवर

मनिषा थापा

एजेन्सी : भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीच भएको विवादले निकै चर्चा पायो। कुनै बेला कपिल शर्मा र सुनिल ग्रोबर मिल्ने साथी रहेका थिए ।

तर, उनीहरुको सम्बन्ध एकाएक बिग्रिए पछि धेरैजनाले उनीहरुबीच मिलाप गराउन पनि खोजे तर, सकेनन् । केही समय उनीहरुबीच वाकयुद्ध नै चल्यो ।

लामो समयसम्म बन्द रहेको कपिल शर्माको चर्चित शो फेरि सुरु भएसँगै ‘डाक्टर गुलाटी’को रुपमा चर्चित सुनिल ग्रोवर फर्कन सक्ने खबरहरु पनि आएका थिए । अब भने सुनिल ग्रोवर साच्चै नै ‘द कपिल शर्मा शो’ मा जाने खबर सार्वजनिक भएको छ । कपिलको सो’ मा सुनिल ग्रोबर पनि आउने भएका छन् ।

फिल्म भारतका लागि प्रोमोशनका लागि उनी कपिलको सोमा आउने भएका हुन् । मिडिया रिपोर्टका अनुसार भारत फिल्ममा सुनिलको महत्वपुर्ण भुमिका रहेको छ । लामो समयदेखि कपिल र सुनिलको सम्बन्ध बिग्रिएको थियो । तर, अब उनीहरुबीच सम्बन्ध सुधारिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू