द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी उत्कृष्ट करदाता बन्न सफल

admin

काठमाडौंको डिल्लीबजारमा रहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि. उत्कृष्ट करदाता बन्न सफल भएको छ । दसौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा कन्सल्टेन्सी उत्कृष्ट करदाता घोषित भएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व कार्यालय पुतलिसडक अन्तर्गत धेरै कर तिर्ने करदातामा कन्सल्टेन्सी उत्कृष्ट दश भित्र पर्न सफल भएको हो । त्यस्तै शैक्षिक परामर्शदातृ संस्थाहरु मध्ये प्रथम करदाता (आयकरतर्फ) समेत बन्न सफल भएको छ ।

उत्कृष्ट करदाता बन्न सफल हुँदा निकै खुसी लागेको र आगामी दिनमा समेत करदाताको हैसियतले राज्यप्रतिको दायित्व इमान्दारिताका साथ पुरा गर्ने द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारीले बताए ।

प्रतिक्रिया