‘द भ्वाइस अफ नेपाल’सँग नाम जोडिदा आयो ज्यान मार्ने धम्कि; मोडल रश्मीतामांग [भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : रश्मी तामाङ नेपालकी एक चर्चित मोडल हुन्। उनले आफ्नो भाषाको तामाङ फिल्म बाजीमेलामा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायिकाका रूपमा लिइन्छ।

थुप्रै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरी छोटो समयमानै आफुलाई चर्चित बनाउन सफल भएकी रश्मी तामाङ अहिले विवादमा परेकी छिन्। ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनालेमा प्रस्तुति दिन कतार पुगेकी मोडल रश्मी तामाङले आयोजकले अपमान गरेको आरोप लागेपछि उनको चर्चा परीचर्चा भईरहेको छ। उनले शो अपमान आफ्नो सामजिकसंजाल फेसबुकमार्फत पोखेपछि उनी सामाजिकसंजाल भरि छाहेकी हुन्। तर पछि भने उनले आफ्नो पनि गल्ति रहेको स्वीकारेकी छिन्।

कार्यक्रम नृत्य गर्न भनेर पुगेकी उनलाई नृत्य गर्न नदिएर अपमान गरेको उनको आरोप छ। फिनाले आयोजक टिमको कुमार शाक्यसँग प्रस्तुतिबारे कुरा भएर गएको बताइन्। ‘म कुमारकै परिवारसँग कतार पुगेकी थिएँ। आयोजकले नै टिकट अनि होटलको व्यवस्था गरिदिएको हो।’

कार्यक्रमका लागि आयोजककै निर्देशनमा मेकअप गरी तयार समेत भइन्। तर, कार्यक्रम मध्यान्तरतिर नपुग्दै उनको उत्सहा सेलायो। उनको प्रस्तुति सूचीमै थिएन। भन्छिन्, ‘नाँच्न नपाउनु समस्या होइन। मेरो अपमान भयो।’ यस्तो अवस्था सिर्जना हुनुमा उनी आफ्नो पनि कमजोरी रहेको बताउँछिन्। उनले भनिन्,’मलाई स्टाटस लेखे पछि धम्कि समेत् आयो । मेरो गल्ती पनि हो। सम्झौता बिना म कतार जान हुन्थेन।’

आयोजक टोलीमा धेरैजना हुनुले पनि अन्यौलता सिर्जना भएको सुनाइन्। भन्छिन्,’ आयोजकले नै होटलदेखि टिकटसम्मको व्यवस्था गरेको हो। तर, मलाई सुरुमा नै प्रस्तुति नहुने जानकारी दिनुपर्थ्यो।’ उनी आफ्नो एक अवार्ड कार्यक्रम रहेकोले आफ्नै खर्चमा नेपाल फर्किन्। आयोजक टिमले डिसेम्बर १६ को टिकट काटिदिएको थियो। कार्यक्रम भएको हलमा चारपटक प्रस्तुति दिइसकेकी उनले योपटक नाच्न पाइनन्। फर्कदा भने नेपाल उनलाई एरपोर्टसम्म छोड्न समेत कोही भएनन्। ‘अर्काको देशमा रातको १२ बजे ट्याक्सी लिएर म डराई डराई एक्लै एरपोर्ट पुगें। मलाई मन दुख्यो त्यसैले बाध्य भएर स्टाटस लेखेकी हु।’ ,उनले भनिन्। 


मोडल रश्मी भन्छिन, ‘भ्वाइस अफ नेपालको नाम त्यसै जोडिन पुगेको हो आयोजकहरु बीच कुरा नमिलेर नै यस्तो हुन गएको हुनसक्छ। मलाई २० प्रतिशत व्यक्तिहरुले मात्र आफुलाई गाली गलौज गरेका छन् जुन व्यक्ति दलाल गर्ने खालका हुन्।’ उनले थपिन, ‘ती त्यस्ता मान्छे हुन् जसको हातखुट्टा मात्र हैन दिमाग पनि रहेनछ। स्थापित व्यक्तिले बुझेको व्यक्तिले त माया गर्नु भएको छ।’ हेर्नुहोस भिडियो :



प्रतिक्रिया

सम्बन्धित समाचारहरू