”द भ्वाइस अफ नेपाल” बाट बाहिरीएसँगै तेजिन्द्र गन्धर्वको जीवनकथा बोकेको ”साँईलीरीमई” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ४ मङ्सिर : चर्चित गायन रियालिटी शो ”द भ्वाइस अफ नेपाल” बाट बाहिरिएरको २ दिनमै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत ”साँईलीरीमई” लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई” गीतमा उनि आफैले अभिनय गरेका छन।

उक्त गीतमा डि. पी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। ललितपुरको रमणीय क्षेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। ”साँईलीरीमई” गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो।
हेर्नुहोस ”साँईलीरीमई” गीतको भिडियो :

प्रतिक्रिया