‘द सुपर मम’ बन्न सफल भईन एमी कर्माचार्य

शर्मिला गुरुङ

काठमाडौं, ३० वैशाख : केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को बिजेता बन्न सफल भईन भक्तपुर निबासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिष्पर्धामा १६ जना प्रतिष्पर्धाहरुले भाग लिएका थिए । अन्य १५ प्रतिष्पर्धाहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिष्पर्धामा उतारिएको आयोजक सस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिश्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन।

प्रतियोगितामा ‘द सुपर मम’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन ।

प्रतिक्रिया