धनतेरस २०७५ : धनतेरस पूजाको शुभ मुहुर्त, यस पूजाबाट प्रसन्न हुनेछिन् लक्ष्मी, भरिनेछ धनको भण्डार !

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  समुन्द्र मन्थनबाट उत्पन्न लक्ष्मीलाई धन-धान्यको अधिष्ठात्री भन्ने गरिन्छ। हालैको परिवेशमा धन र समृद्धि विना जीवन जिउन वास्तवमै कठिन मात्रै हैन असम्भब नै भईसकेको छ।

धन त मात्र जीउनको लागि आवस्यक मात्र नभई करोडौ दोषलाई दुर गर्ने गर्छ र समाजमा प्रसिद्ध दिलाउछ। धनतेरसको दिन श्रीको साधना गर्नाले परम लाभदायी सिद्ध हुनेछ। धनतेरसको दिन कुनै पनि स्थिर लग्नमा पूजा, घरको सरसफाई गर्दा राम्रो हुनेछ।

भक्ति र श्रद्धापूर्वक महालक्ष्मीसँग यसरी प्राथना गर्नुहोस। ‘जगत जननी ! तपाई मबाट प्रसन्न हुनुहोला। म कुनै विधि-विधानबाट परिचित छैन। यदी मबाट कुनै त्रुटि भएको छ भने क्षमा गर्नुहोस।”,यो मनमा संकल्प लिएर निश्चित गर्नुहोस कि दिपावलीको महानिशिथ कालसम्म म ‘श्री सूक्तम्’ को १६० पटक जप गर्नेछु। यदि अधिक गर्ने सक्नु हुन्छ भने त्यस संख्या सामर्थ्यको अनुसार २४०, ३६०, ५४० आदि गर्ने सकिनेछ।

व्यापारिक घाटाबाट उठ्नको लागि

यदि वितेका हरुमा वर्षहरुमा धेरै घाटा भएको छ अथवा तपाई यस समय धेरै आर्थिक सङ्कटबाट गुज्रीरहनु भएको छ भने तपाई निम्न मन्त्रलाई ८० हजार जप गरेर हवन गर्नुहोस। तपाइले चमत्कारिक परिणाम पाउनु हुनेछ।
‘देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।। ‘

यस उपायबाट कम हुनेछ ऋण

यदि तपाई ऋणको बोजमा हुनुहुन्छ र हरेक कोसिस गर्दा पनि धन आर्जन गर्न सक्नु भएको छैन भने यस उपाय अवश्य अपनाउनुहोस। धनतेरसको दिन कुनै पनि शुभ समयमा श्री सूक्तम् वा कनकधारास्तोत्रम्को पाठ प्रारम्भ गर्नुहोस। धनतेरसको दिन ११ पाठ, हनुमान जयन्तीको दिन २२ पाठ, दीपावलीको दिन १११ पाठ वा ६४ पाठ, गोवर्धन पूजाको दिन ५५ पाठ, भाई दूजको दिन ३३ पाठ गर्नुहोस। ध्यानर होस प्रातः तथा राती नियमित रुपमा पाचौ दिनसम्म नियमित रुपमा महालक्ष्मीको आरती अवश्य गर्नुहोस।

गरीबी हटाउने उपाय

यदि तपाई लगातार गरीबीको संकटबाट गुज्रीरहनु भएको छ र तपाईको दुखको अन्त्य भईरहेको छैन भने तपाई यस धनतेरसमा यस उपाय अवश्य अपनाउनुहोस। यदि बिजनेसमा सबै डुबेको छ अथवा तपाई बेरोजगार भएका कारण सधै चिन्तित रहनुहुन्छ भने यस धनतेरसमा यस मन्त्रलाई श्रद्धापूर्वक जप गर्नुहोस। निश्चय नै माता जगदम्बाले तपाईको कल्याण गर्नेछन।
दुर्गे स्मृता हरसि भीतिमशेषजंतोः
‘स्वस्थैः स्मृता मतिमतीव शुभांददासि।
दारिद्रयदुःखभयहारिणी का त्वदन्या।
सर्वोपकारकरणाय सदाऽऽद्र्रचित्ता।।’

मन्त्र संख्या २४०००, ५४,०००, १,२५,००० सामर्थ्यको अनुसार पहिला नै निर्धारित गर्नुहोस।

प्रतिक्रिया