धन कमाउने आशमा विदेशीनुको पिडा (भिडियोसहित)

admin

काठमाडौं, ८ फागुन : सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ।

‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ, विशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ, सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ ।

धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ । भिडियोमा सुजन आचार्य, सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया