धमिलो पानीमा माछा मार्ने छुट कोहि नेतालाई छैन

admin

एकअर्का बीच गालीगलौच गरेर उम्कन जसपाका कुनै नेतालाई छुट छैन । हामी उत्पीडित जाती समुदाय एक ठाउँमा आएका छौं र अब हामिले मुक्तीको सास फेर्न पाउने छौ भनेर पार्टी र पार्टीका नेता-कार्यकर्तामाथी पुर्ण भरोसामा थियौं।

उत्पीडित जनताको नाममा पार्टी खोलेर पार्टीलाई भर्र्याङ् बनाइ सत्ता र शक्तिमा रहेर जनताको रगत र पसिना चुसेर तिनै उत्पीडित जनताको त्याग, तपस्या र बलिदानको रगत माथि होलि खेल्दै रगत चुसेर मोटाएको जुका र किर्ना जस्ता गद्दार नेताहरुको मनमा ढ्याङ्ग्रो बजेको थियो ।

यसै बिच जनताको अग्रगमन देख्न नचाहने कुख्यात अपाराधी जनताको त्याग, तपस्या र बलिदानिपुर्ण रगत र पसिनामा मोटाएका प्रतिगामी तत्वले एकाएक राजनीति खिचातानी र स्वार्थमा मडारिन पुगेका कारण केपि ओलीले ‘कु’ गरेर संसद विघटन गरि देशलाई प्रतिगमनतिर धकेले ।

यसबेला उत्पीडित जनताको अग्रगामी शक्ति र तिनका नेता-कार्यकर्ता एक ठाउमा उभिएर संघर्ष गर्नु कर्तव्य र अनिवार्यता हो । यसैबिच लामो संघर्ष त्याग, तपस्या र बलिदानबाट उत्पीडित जाती, बर्ग र समुदायबाटै नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी नेपाल हो। तर दुखका साथ भन्नू पर्छ पार्टी भित्रका मतभेद दुई चिरामा छाताछुल्ल भएका छन् । पार्टीका नेता-कार्यकर्ताबीच एका-अर्कालाई आरोप-प्रत्यारोप र एका-अर्का बीच गाली-गलौच गर्ने काम छताछुल्ल भएको छ । यो हामी उत्पीडित जनताको लागि दुर्भाग्यपूर्ण छ।

पार्टी भित्र दुई चिरामा छताछुल्ल भएको मतभेद, आरोप-प्रत्यारोप र गालीगलौच जस्ता निच कृत्यको सृजना हुनुमा जसपाका सामान्य नेता-कार्यकर्ताको दोष छैन। यसको दोष पार्टीका गनिएका र मानिएका शीर्ष नेता नै हुन । यो पुर्ण रूपमा गलत छ ।

आम उत्पीडित जनताको चाहाना र राष्ट्रको आवश्यकता अनुसार उत्पीडित जनताको पक्षमा रहेका सबै पार्टी एक ठाउँमा उभिएर प्रतिगमनका विरुद्ध लड्नु पर्ने बेला एकाअर्कालाई दोषारोपण गरेर आन्दोलनलाई ओझेलमा पार्ने र आम जनतालाई दोसाँधमा राख्नु महाभुल हुनेछ । यसर्थ एकाअर्का बिच गालीगलौज, आरोप प्रत्यारोप बन्द गरौ र पार्टी भित्र बृहत छलफल र अन्तर घुलनको बाताबरण बनाउ। धमिलो पानीमा माछा मार्ने छुट कोहि नेतालाई छैन।

जसपामा हामी दोस्रो, तेस्रो, चौथो लेयरमा रहेर पार्टीलाई अगाडि बढाउन सहमत भएको र हामीले पार्टीमा सर्बोच्च नेता अर्थात पदाधिकारी, कार्यकारी केन्द्रिय बनाएको र मानेको हामी नसक्ने र नजान्ने भएर होइन, सिस्टमलाई मानेर अहिले यसै होसनत भनी सहमत भएका हौं । यसर्थ पार्टीका शिर्ष नेता मानिएका र भनिएकाले कसैले कसैलाई कमजोर नसोचौं, कमजोर नठानौं।

यसर्थ सबै नेतृत्व ज्युहरुलाई आग्रह छ, अनुरोध छ; पार्टीभित्र आन्तरिक रूपमा बृहत् छलफल गरेर आलोचना, आत्माआलोचना गरि पार्टीलाई एक ढिक्का पार्नुहोस र पार्टीलाई आम जनताको सेवामा समर्पित बनाउनुहोस। हैन सक्नुहुन्न भने तत्काल सकेनौ भनेर दोस्रो, तेस्रो पंक्तिका नेताकार्यकर्तालाई अगाडि बढन दिनुहोस्। तपाईंहरुको सम्मान गर्दै पार्टीलाई एक ठाँउमा राखेर जनताको सेवामा हामी अगाडि बढ्ने छौं । पार्टीलाई अगाडि बढाउने छौं ।

दल मर्दन कामी केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति जसपा नेपाल ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू