धरौटीमा छाड्यो बलिवुड अभिनेत्री रियालाई

admin

एजेन्सी, २१ असोज : बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आ’त्म’ह’त्या प्रकरणमा मुछिएकी बलिवुड अभिनेत्री रीया चक्रवर्ती बुधबार धरौटीमा रिहा भएकी छिन् । अभिनेता सुशान्तसिंहको मृत्यु प्रकरणसँगै ला’गुऔ’षध मुद्दामा पक्राउ परेकी अभिनेत्री चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको हो। 

उनले दश दिनमा नजिकको प्रहरी चौकीमा उपस्थिति जनाउनुपर्नेछ । रीयाले भारत छाड्न पाउने छैनन् । ८ सेप्टेम्बरमा ला’गूऔ’षध ब्युरो एनसीबीले रीयालाई न्यायिक हि’रासतमा राखेको थियो । उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदन अदालतले खारेज गरिदिएको छ ।

यसैबीच ला’गुऔ’षध कारोबार र प्रयोग आरोपमा पक्राउ परेका स्यामुल मिरान्डा र दीपेश सावन्तलाई पनि अदालतले धरौटीमा रिहा गरिदिएको छ भने अब्दुल बासितको निवेदन भने खारेज गरिदिएको छ । उनीहरू सबैलाई अघिल्लो महिना नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ला’गुऔ’षधसम्बन्धी विषयमा जाँचबुझ गर्न नियन्त्रणमा लिएको थियो ।

एनसिबीले अदालतमा पेस गरेको जाहेरीमा रिया चक्रवर्ती र उनको भाइ शौविक लागुऔषध कारोबारीसँग सम्बन्धित सक्रिय समूहमा आबद्ध रहेको दाबी गरेको थियो । रियाका वकिल मानशिंदेले पुरानो पृष्ठभुमि र अन्य आधारमा जमान माग गरेका थिए ।

जसलाई अदालतले स्विकार गरेको छ । अदालतले जमानतको लागि रियाको पासर्पोट बुझाउनुपर्ने भनेको छ । प्रारम्भिक जानकारी अनुसार रीयालाई लाख रुपैयाँ (नेपाली एक लाख साठ्ठी हजार) धरौटी लिएर व्यक्तिगत मुचुल्कामा रिहा गर्ने आदेश दिएको हो ।

अभिनेता सुशान्तको श’व गत १४ जुनमा मुम्बईको बान्द्रास्थित उनकै घरमा फेला परेको थियो । रिया सुशान्तको प्रेमिका भएको एजेन्सीहरूले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया