धर्मराज सुवेदी “घायल”को शब्द सिर्जनामा “सगँ सगैँ रमाउला” गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ६ फागुन : युवा सर्जक धर्मराज सुबेदी घायलको लोकदोहोरी गीत “सगँ सगैँ रमाउला” को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुक्तीनाथ उप्रेती र कल्पना ढुङगानाको आवाज रहेको छ भने मनोज आचार्यको लय रहेको छ।

हेटौंडा पालुङ दामनमा घुम्न जाने मायालु जोडीको कथालाई उक्त गीतमा समेटिएको छ भने प्रेमका भावहरुलाई गीतमा निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ । आफ्नी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन ।

प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन रहेको छ। गोर्खा चौतारी म्युजिक प्राली मार्फत सार्बजनिक गरिएको गीतको भिडियोमा चन्द्र तामाङ, सेन्जी ब्लोन, राजेश विक र गीता बुढाथोकीको निकै लोभ लाग्दो अभिनय रहेको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया