धादिङको ज्वालामुखीमा अवैध काठ सहित ट्रक प्र*हरीको नियन्त्रणमा

admin
  • बिकास रौनियार

धादिङ: कोरोना भाइरसको (COVID-19) संक्रमण फैलन नदिन को लागि सरकारले सिंगो देश नै ‘लकडाउन’ गरेको छ । तर यत्ति बेला धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा अबैध रुपमा सालको काठ बोकेको छन् स्वराज मिनी ट्रकले ।

ज्वालामुखी गाउँपालिका वडा १ को मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक वनबाट ल्याईदै गरेको सालको काठ र ट्रक बरामद गरेको प्र*हरीले जनाएको छ ।

चिरान गरेका ३७ थान (६०.७३ क्यूफिट) सालको काठ र बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई प्र*हरीले नियन्त्रणमा लिएपनि काठ ओसार प्रसारमा संग्लन हुने व्यक्ति र सोहि ट्रकका चालक र धनी फरार रहेको जिल्ला प्र*हरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए |

प्रतिक्रिया