धादिङमा मिनीट्रक दुर्घटना: एकको मृत्यु,चार घाइते

admin

धादिङ, ४ चैत: उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा आज अपराह्न सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शहरेबाट ढुङ्गा बोकेर सल्यानकोटतर्फ जाँदै गरेको ग १ ख ५९५९ नंको स्वराज मिनीट्रक (आइचर) ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । 

दुर्घटनामा त्रिपुरासुन्दरी – ७ का २७ वर्षीय अर्जुन भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुई जनाको खहरे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

-रासस

प्रतिक्रिया