धेरैजसो ठाउँमा मौसम सफा, पहाडका केही क्षेत्रमा भने पानी पर्न सक्ने

admin

काठमाडौं, १० बैशाख : अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै शुक्रबार दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रतिक्रिया