प्रधानमन्त्रीको प्रश्न : राष्ट्रवाद तमासा गर्ने कुरा हो ? भारतीय टिभीलाई दिएको अन्तर्वार्ता नेताले नौटंकी बनाएछन्,

admin

काठमाडौं, ८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा कुनैपनि हालतमा देशभक्तिको भावना हट्न नहुने बताएका छन् । बिहीबार प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशभक्ति मन र भावनाको हिसाबले नभए त्यो नेपाली नै हुन नसक्ने बताएका हुन् ।

‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने त्यो के नेपाली ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘त्यसकारण हामी नेपाली हुनुपर्दछ, नेपाली भएर जिउनुपर्दछ । नेपालका लागि काम गर्नुपर्दछ । हामी विकाउ बस्तु होइन, काम गरेको मुल्य लिन्छौँ तर आत्मा बेच्दैनौ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपालहरुलाई संकेत गर्दै भने, ‘नक्कली देशभक्त होइन ।’

ओलीले थपे, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छर ? ’ओलीको प्रश्न थियो ।

उनले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन आवश्यक नरहेको दावी गरे । ‘यति साह्रो बहकिन आवश्यक छैन । वाहियातमा बहकिएर ? राष्ट्रवाद तमासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ?’, प्रश्न गर्दै ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए । उनले आफूले भारतीय टिभीलाई दिएको अन्तवार्ता एक नेताले नौटंकी भएको भनेर अभिव्यक्ति दिएको भन्दै आक्रोस पोखे ।

प्रतिक्रिया