नक्क्ली नोट कारोबारमा संलग्न दम्पती प’क्राउ

admin

कञ्चनपुर, मंसिर १५ :  नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरले दुई जनालाई प’क्राउ गरेको छ। दुवै जनालाई जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरिएको छ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार २ नम्बर गल्लीमा विशेष सूचनाका आधारमा छापा मार्दा नक्कली नोटसहित अनुज शर्मा र उनकी श्रीमती रितिका बमलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्र’हरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

शरीर खान तलासी गर्दा उनको शरीरबाट एक हजार दरका दुई थान नक्कली नोट बरामद गरिएको उनले बताए। थापाका अनुसार दुवै जना बस्दै आएको डेरामा खान तलासी गर्दा कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु एक हजार दरका दुई थान, ल्यापटप एक थान, फोटोकपी मेसिन एक थान, फोटोकपी पेपरहरु, बैंकका चेकबुक, एटिएम कार्ड, नागरिकता र प्रिन्टर मेसिन, कैचीलगायत सामान बरामद भएका छन्।

प’क्राउ परेका दुवै जनालाई मुद्रा कसुरअन्तर्गत कञ्चनपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया