नङ फुल्यो ? नयाँ कपडा लगाउन पाइन्छ भनेर मख्ख नपर्नुहोस् ! यस्ता छन् बैज्ञानिक कारण

रिता घिसिंग

एजेन्सी : नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो होइन । समस्या हो ।



नङ फुल्नुका कारण

१. एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसायनले नङको भित्री भागमा असर गर्छ ।

२. नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ ।

३. क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।

४. प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।

५. जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।

६. गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन ।

समाधानका उपाय
– भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने
– मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ
– क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस
– भिटामिन सि युक्त फलफुल खाने
– जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने

प्रतिक्रिया