नदीमा डुबेर युवतीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दमौली, १७ असार : तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्र’हरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु¥याएपनि चिकित्सकले मृ’त घोषणा गरेको प्र’हरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मृ’तकको श’व दमौली अस्पताल ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया