नयाँ भेरियन्ट फैलिएका देशमा भ्रमण नगर्न आग्रह

admin

काठमाडौं, २९ पुस : अध्यागमन विभागले कोरोनाको नयाँ भेरियन्ट फैलिएका देशमा अत्यावश्यक नभइ भ्रमण नगर्न आग्रह गरेको छ ।

नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक जोखियुक्त देशको यात्रा नगर्न विभागले अनुरोध गरेको हो । सरकारको निर्णयानुसार विभागले अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुन विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

आमिक्रोन भेरियन्ट देखिएका देश (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलाबी र हङकङ) बाट आउने वा ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने यात्रुलाई गएको मंसिर १६ देखि नै नेपाल प्रवेशमा रोक लगाइएको छ । यो निर्णय यथावत राखिएको पनि विभागले जनाएको छ ।

विभागले तोकिएका नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका देशबाट नेपाल आउने नेपाली नागरिक, कुटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वरेण्टीनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

प्रतिक्रिया