नरेन्द्र प्यासीको आवाजमा निकै नै मार्मिक गीत “तिम्रो लागि” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

ईटहरी, ३ फागुन  :  नेपाली गीत संगीतको क्षेत्रमा लाखौँ गीतहरु निर्माण भएका छन् । र यहि क्षेत्रका एक परिचित गायक हुन् नरेन्द्र प्यासी ।

केहि अघि उनले निक्कै हिट गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका छन् । पछिल्लो समय सांगीतिक उधोगमा अलि हराएका प्यासी फेरी उदाउने क्रममा छन् । उनको आवाजमा सजीएको गीत ‘तिम्रो लागि’ को अफिसियल म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ :

संगीत क्षेत्रमा आफ्नो पाईलालाई अघि बढाउन दिनरात मेहनत गरिरहेका गीतकार रोहित घिमिरे यो गीतको भिडियोमा फिचर्ड भएका छन् भने उनि संगै मोडलिङ्ग लाईनमा पाईला चाल्न रुचाउने सुन्दर शारीरिक बनावट भएकी र हसिलो मुहार भएकी दक्षिणा भट्टराईको अभिनय रहेको छ । भिडियोलाई इटहरीमा रहेर मनोरन्जन मात्रको डिजिटल मिडिया संचालन गरिरहेका सुवास संकल्पले निर्देशन गरेका छन् । उनले यसअघि आधा दर्जन बढि भिडियो निर्देशन गरिसकेका छन्।

संगै पुर्व इटहरीबाट मोडलिङ्ग क्षेत्रमा आफ्नो करियर बनाउन लागिपरेका अनमोल खतिवडा पनि यो भिडियोमा फिचर्ड छन् भने निर्देशकले पनि भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेका छन् । परिकला मिडिया प्रालिबाट निर्मित यो भिडियो इटहरी र आसपासका रमाईलो ठाउमा छायांकन गरिएको छ भने विवाहित महिलाको मोबाईल तथा फेसबुक क्रेज, बिन्दासपन र धोकेबाज शैलीलाई भिडियोमा उतारिएको छ ।

भिडियोलाई सुमन तामाङ्गले छायांकन तथा ड्रोन उडाएका छन् भने मार्टिना मेकअप स्टुडियोकि उर्बी श्रेष्ठको मेकअप रहेको भिडियोको गीतमा दुर्गा प्रसाद कडरियाको सब्द, चित्रलाल शर्माको संगीत रहेको छ भने पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । गुन्जन रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको भिडियो क्रियटिभ मोसन पिक्चर काठमाडौँमा सम्पादन गरिएको हो ।

प्रतिक्रिया