नहकुल सुवेदीको योग्यता पुगेन सर्वोच्च अदालतको न्यायाधीशमा : बार एसोसिएशन

admin

काठमाडौं, २७ चैत : सर्वोच्च अदालत बार एसोसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको छ । न्याय परिषदबाट गएको फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस सुवेदीको योग्यता नपुगेको बार एसोसिएशनले बताएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उच्च अदालतमा न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेको हुनुपर्ने तर सुवेदीको हकमा तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको देखिएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए । बार एसोसिएशनले न्याय परिषद् र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षणसमेत गरेको सर्वोच्च बारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘संविधानको धारा १२९ (५) मा कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ भन्ने व्यवस्था गरिएको छ । सम्मानित सर्वोच्च अदालतको मुख्य रजिस्ट्राको पदमा तत्काल कार्यर रहेको अवस्थामा नहकुल सुवेदीको उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा मिति २०७४/०९/२५ मा नियुक्ति भएको देखिन्छ । न्याय परिषदबाट मिति २०७७/११/२८ मा सिफारिस गर्दाका मितिसम्म उहाँले मुख्य न्यायाधीशको पदमा रहेर तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया