नागरिक अगुवाद्वारा डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

admin

काठमाडौं, ११ असोज : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् । विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत डा. केसीको जीवन रक्षाको माग गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारका लागि १४ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेकोले कुनै पनि बेला परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक हप्ता भइसक्दा पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उल्लेख गरिएको छ । अपिलमार्फत उनीहरुले यसअघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा, कानुनविद् शम्भु थापा, भीमार्जुन आचार्यलगायतले संयुक्त अपिल निकालेर डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएको माग पूरा गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिक्रिया